काठमाडौं, मंसिर १३
चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङही एकदिने भ्रमणका लागि नेपाल आउने भएका छन् । सरकारले चिनियाँ रक्षामन्त्री फेङही आइतबार एकदिने नेपाल भ्रमणमा आउने कुराको औपचारिक जानकारी दिएको छ ।
भ्रमणमा स्टेट काउन्सिलर वेई फेङही, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच औपचारिक भेटवार्ता हुने कार्यक्रम रहेको छ । काउन्सिलर फेङही आइतबार नै चीन फर्कने छन् ।