जुवाको खालबाट १९ जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Nov 27 | 09:41 am 2533

तनहुँ, मंसिर १२ः बिहीबार बिहान तनहुँको ब्यास नगरपालिका १२ बेलघारी स्थितमा राजेन्द्र पन्तको कुखुरा फर्ममा जुवा खेली रहेको अवस्थामा १९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गणेश बयलकोटी, बिनोद गुरुङ, शम्भु श्रेष्ठ, देबेन्द्र थापा, रुद्र बहादुर खत्री, गोबिन्द न्यौपाने, कृष्ण सेढाई, दिनेश राना, कमल पन्त,राम पौडेल, राजेन्द्र पन्त, सागर आचार्य, बिजय घिमिरे, किशोर श्रेष्ठ, सुक बहादुर थापा, तेज बहादुर राना, भिमसेन श्रेष्ठ, मिन बहादुर गुरुङ र पशुपति अर्याल रहेका छन् ।

उनीहरुलाई गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट प्रहरी निरीक्षक प्रकास भुसालको कमाण्डमा टोली खटी गई जुवा खेल्दै गर्दा पक्राउ गरेको जानकारी दिएको हो ।

प्रहरीले जुवाको खालबाट कौडा सहित नेपाली नगद ३ लाख १० हजार ९ सय ९० रुपौयाँ बरामद गरेको बताइएको छ ।

उनीहरुलाई हिजै जिल्ला प्रशासन कार्यालय तनहुँमा उपस्थित गराई म्याद थप गरी जुवा मुद्धा शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान कार्य भईरहेको तनहुँ प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.