काठमाडाैं, मंसिर १०ः बजारमा बुधबार पनि सुनको भाउ ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला एक हजारले घटेको हाे ।
महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ५ सयमा कारोवार भएको छ । मङ्गलबार प्रतितोला ९२ हजार ५ सयमा कारोवार भएको थियाे ।
यस्तै मङ्गलबार प्रतितोला ९२ हजारमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला एक हजारले ओरालो लागेर ९१ हजारमा कारोवार भएको छ ।
यस्तै चाँदीको मूल्य प्रतितोला २५ ले घटेको छ । मङ्गलबार प्रतितोला एक हजार १८० मा कारोवार भएको चाँदी आज प्रतितोला एक हजार १७५ मा कारोवार भएको छ ।