अर्थमन्त्री बिष्णु पौडेललाई बुटवलमा कालोझण्डा

रिपोर्ट नेपाल | 2020 Nov 25 | 09:19 am 1841

रुपन्देही, मंसिर १०ः नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेललाई बुटवलमा कालोझण्डा देखाइएकाे छ ।

अर्थमन्त्री पाैडेललाई नेपाली काङ्ग्रेस निकट विद्यार्थी र युवा संगठनले लुम्बिनी प्रदेशको राजधानी मन्त्रीपदसंग साटेको भन्दै उनीहरुले बुटवलको पुरानो बसपार्क (नेपालगञ्जरोड)मा कालोझण्डा देखाउँदै सडकमा नाराबाजी समेत गरेका थिए ।

नेकपाको आन्तरिक कलह र प्रदेश राजधानी तोकिएपछि  गृहजिल्ला पुगेका अर्थमन्त्री पौडेललाई बुधबार बिहान सडकमा कांग्रेस कार्यकर्ताले कालो झन्डा देखाउँदै प्रदर्शनसमेत गरेका थिए। २ दिनसम्म रुपन्देहीमा रहने पौडेल विविध कार्यक्रममा सहभागी हुने बुझिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.