काठमाडौं, मंसिर ९ः मंगलबार स्थानीय बजारमा सुनको मूल्यमा प्रतितोला एक हजार ८ सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएको छ । सोमबार प्रतितोला ९४ हजार ३ सयमा कारोबार भएको छापावाला सुन आज एक हजार ८ सयले ओरालो लागेको हो ।
यस्तै तेजाबी सुन प्रतितोला ९२ हजारमा कारोबार भएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९३ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्यसमेत ओरालो लागेको छ । सोमबार चाँदी प्रतितोला एक हजार २ सय १० मा कारोबार भएकामा आज प्रतितोला ३० ले ओरालो लागेर एक हजार १ सय ८० मा कारोबार भएको छ ।