रौतहट, मंसिर ९ः कुटपिटबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वृन्दावन नगरपालिका ७ सखुवा धमौराका ५० वर्षीय अमिरी पासवान रहेका छन् ।
उनलाई छिमेकी १९ वर्षीय विकास पासवान समेतले रक्सी सेवन गरी गाली गलौज, झै–झगडा र कुटपिट गरी धकेल्दा लडी टाउकोमा चोट लागेको थियो ।
चोट लागी गम्भीर घाइते भएका पासवानको उपचारको क्रममा गरुडास्थित सिटी अस्पतालमा मृत्यु भएको थियो ।
उक्त घटनास्थलमा तत्काल इलाका प्रहरी कार्यालय गरुडा र प्रहरी चौकी हर्षाहाबाट खटी गएको प्रहरी टोलीले पासवान कुटपिटमा संलग्न ५५ वर्षीय बिन्द पासवान र विकास पासवानलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट समेत प्रहरी टोली खटीगई अनुसन्धान गरी लाश पोष्ट मार्टमको लागि गौर पठाइएको बताइएको छ । उक्त घटनाको थप अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ ।