यस पटक बूढानीलकण्ठ मन्दिरमा एकादशी मेला नलाग्ने

रिपोर्ट नेपाल | 2020 Nov 24 | 07:10 am 1624

काठमाडाैं, मंसिर ९ः याे वर्ष बूढानीलकण्ठ मन्दिरमा एकादशी मेला नलाग्ने भएको छ । हरेक वर्ष बूढानीलकण्ठ मन्दिरमा हरिबोधनी एकादशीको दिन एकादशी मेला लाग्दै आएको थियो । तर कोरोनाभाइरसको संक्रमणको जोखिमका कारण यस बर्ष एकादशी मेला नलाग्ने भएको जनाइएको छ । यसपटक ठूलो एकादशी आगमी विहीबार ११ गते परेको छ ।

८ गते साेमबारदेखि यही मङ्सिर १५ गतेसम्म मन्दिर परिसर क्षेत्र बन्द गरिएको छ । आगामी सोमबारसम्म नित्य पूजा मात्र गरी भक्तजनलाई दर्शन गर्न रोक लगाइएको बताइएको छ ।

बूढानीलकण्ठमा प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म पाँच दिन विशेष मेला लाग्थ्यो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.