काठमाडाैं, मंसिर ७ः नेपालमा थप १ हजार ६ सय ६९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ६ सय ६९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारीअनुसार आज देशभर ५ हजार ६ सय ९९ जना संक्रमित कोरोनामुक्त भएका छन् ।
थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ३ सय २१ पुगेको छ।