प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

| 2020 Nov 20 | 01:59 pm 1548

काठमाडाैं, मंसिर ५ः २०७७ मंसिर ३ गतेको नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति  भएका सहायक रथी सन्तोष कुमार ढकाल र सहायक रथी सहदेव खड्कालाई प्रधानसेनापति  पूर्णचन्द्र थापाले शुक्रबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

उपरथी दर्जामा पदोन्नति भएका उपरथी सन्तोष कुमार ढकाललाई श्री पूर्वी पृतना हेड क्वाटरको पृतनापति तथा उपरथी सहदेव खड्कालाई श्री राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा पदस्थापन गरिएको छ ।

नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा सहायक रथी दर्जामा पदोन्नती भएका ४ जना महा-सेनानीहरुलाई समेत दर्ज्यानी चिन्ह प्रदान भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.