काठमाडौं, मंसिर ४ः पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख १५ हजार २० पुगेको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार हालसम्म मृत्यु हुनेको संख्या एक हजार २ सय ७६ पुगेको छ ।
हालसम्म एक लाख ८५ हजार ६३८ जना सङ्क्रमित निको भएका छन । आजसम्म नेपालमा निको हुने प्रतिशत ८६ पुगेको छ ।