खुलामञ्चको निःशुल्क भोजन अब थापाथलीमा

रिपोर्ट नेपाल | 2020 Nov 19 | 08:22 am 3304

काठमाडौं, मंसिर ४ः काठमाडौं महानगरपालिका र खुलामञ्चमा निःशुल्क भोजन गराउँदै आएका संस्थाहरुबीचको सहमतिअनुसार बुधबारबाट परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीनजिकै खाना खुवाउन शुरु गरिएको छ ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाले पहिला जसरी नै खुलामञ्चमा निःशुल्क भोजनका लागि आएका असहाय, अशक्तलाई भोजन गराउने संघ–संस्थाकै अनुमतिमा महानगरपालिकाको पहलमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालनजिक लगी खानाको व्यवस्था गरिएको जानकारी दिए ।

काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका असहाय, अशक्त तथा शारीरिकरुपमा काम गर्न नसक्ने महानगरबासीको व्यवस्थापनमा काठमाडौं महानगरपालिका निरन्तर लागिरहेको छ। –सापकोटाले भने, अहिले पनि खुलामञ्चमा निःशुल्क भोजन गराउँदै आएका संस्थाबीच निरन्तर छलफल भइरहेको भन्दै पार्टी प्यालेसजस्ता बन्द ठाउँमा व्यवस्थित ढंगले भोजन गराउने पहल भइरहेको उनले बताए । नेपाल समाचारपत्रबाछ

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.