आज नेकपा सचिवालय बैठक बस्दै

रिपोर्ट नेपाल | 2020 Nov 18 | 09:22 am 1583

काठमाडौ, मंसिर ३ः नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बस्दैछ। पूर्वनिर्धारित सहमतिअनुसार बैठक बुधबार बस्न लागेको हो । यद्यपि यस अवधिमा विविध राजनीतिक प्रतिक्रिया आएकाले बैठक नबस्ने सम्भावना पनि त्यत्तिकै रहेको राजनीतिक वृत्तमा चर्चा छ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले आजको बैठक सार्न खोजेको बुझिएको छ भने प्रचण्ड बैठक गर्ने पक्षमा छन्।

सचिवालय बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई हिजो भेट्न शीतल निवासमा भेटेका छन् । नेकपाका अर्का अध्यक्ष प्रचण्डले राष्ट्रपतिलाई भेटेको बाहिरिएको केही घण्टामै ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् ।

नेकपाभित्र विवाद बढिरहेको बेला प्रचण्ड र ओली पालैपालो शीतल निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिकएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.