मानहुँकोट जाँदै गरेको हायस दुर्घटना हुँदा एककाे मृत्यु, पाँच घाइते

| 2020 Nov 18 | 08:56 am 4347

तनहुँ, मंसिर ३ः जिल्लाकाे व्यास नगरपालिका–५ मानहुँकोटमा बुधबार बिहान माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन्।

पोखराबाट मानहुँकोट जाँदै गरेको ग१ख २९४२ नंको हायस माइक्रो मानहुँकोट पुग्ने बेला ढलान गरेको सडकबाट तल खस्दा पोखरा महानगरपालिका तल्लो गगनगौडा बस्ने २८ वर्षीया सुनिता गुरुङको मृत्यु भएको हो। उनको दमौलीस्थित रत्नहरि अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा पाँच जना घाइते भएका छन्। माइक्रो सडकदेखि अन्दाजी ६ सय मिटर तल खसेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.