दियोबाट आगलागी हुँदा एक जनाको मृत्यु

रिपोर्ट नेपाल | 2020 Nov 15 | 07:37 pm 2499

पर्सा, कात्तिक ३०ः लक्ष्मीपुजाकाे दिन घरमा बालिएको दियोबाट आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बहुदरमाई नगरपालिका – ८ रामनगरी बस्ने मनबोध साहकी छोरी १५ वर्षिया मनाकुमारी साह रहेका छन् ।

सुतिरहेकी उनकाे मृत्यु भएको र घरका अन्य सदस्यले भने भागेर ज्यान जोगाएका प्रहरीले जनाएको छ । आगलागीबाट फुसको घरमा रहेको लत्ताकपडा, खाद्यान्नलगायतका सामग्रीहरु जलेर नष्ट भएको छ ।

करिब ५ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । शव पोष्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.