हास्यकलाकार मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज

रिपोर्ट नेपाल | 2020 Nov 15 | 08:58 am 2489

काठमाडौं, कात्तिक ३०: काेराेना संक्रमण भइ उपचाररत हास्यकलाकार मनोज गजुरेल संक्रमणमुक्त भएका छन्। ११ दिनको अस्पताल बसाईपश्चात गजुरेल अस्पतालबाट डिस्चार्ज भएका हुन्।

उनले सामाजिक संजाल मार्फत फेसबुकमा लेखेका छन्, ११ दिनको अस्पताल बसाई पश्चात घर फर्किएर आराम गरिरहेको छु। कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन्। केही दिनमा पुर्ण स्वस्थ्य भएर काममा फर्कनेछु।

गजुरेलले उच्च स्तरको उपचार सेवा प्रदान गर्ने नेपाल एपिएफ अस्पताल परिवार, परिवारका सम्पुर्ण सदस्यहरु तथा सबै शुभचिन्तकलाई धन्यवाद दिएका छन्। उनले सकेसम्म यो महामारीबाट आफू जोगिन र अरुलाई पनि जोगाउन अनुरोध गरेका छन्।

कात्तिक १० गते संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका गजुरेल निमोनिया भएपछि बुधबार सशस्त्र प्रहरी कोभिड अस्पताल बलम्बुमा भर्ना भएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.