शुल्कवृद्धि गरेपछि विद्यार्थीले क्याम्पस प्रमुखसहित ५ जनालाई कार्यकक्षमै थुने, शुल्क नघटाएसम्म ताल्चा नखोल्ने

| 2018 Jul 08 | 04:20 pm 3699

विराटनगर, २४ असार :  विराटनगस्थित महेन्द्र मोरङ आदर्श क्याम्पसका तीन विद्यार्थी सङ्गठनले क्याम्पस प्रमुखसहित पाँच जनालाई थुनेका छन् । आइतबार शुल्कवृद्धि गरेको भन्दै अनेरास्ववियु, अखिल क्रान्तिकारीका र नयाँ शक्ति नेपाल निकटको विद्यार्थी सङ्गठनले क्याम्पस प्रमुखको कार्यकक्षमा पाँच जनालाई थुनेको हो ।

क्याम्पस प्रमुख बाबुराम तिम्सिना, सहायक क्याम्पस प्रमुखहरू मोहनकुमार श्रेष्ठ, ताराप्रसाद यादव, सुशील अधिकारी र सामान्य प्रशासन प्रमुख गुद्धरप्रसाद यादवलाई आइतबार आफ्नै कार्यकक्षमा थुनिदिएका थिए ।

क्याम्पस प्रशासनले मास्टर इन पब्लिक एडमिनिस्ट्रेसन र ब्याचलर इन एडमिनिस्ट्रेसन विषयमा एक सेमेस्टरका लागि तिन हजारका दरले शुल्क वृद्धि गरेपछि विद्यार्थीका नेताहरूले क्याम्पस प्रमुख सहितका पदाधिकारीहरूलाई थुनेका हुन् । क्याम्पस प्रशासनले वृद्धि गरिएको शुल्क घटाउने सहमति नभएसम्म ताल्चा नखोलिने एमाले निकट अनेरास्ववियुका विद्यार्थी नेता नवीन पहाडीले बताए । ताल्चा बिहान १० बजेदेखि थुनेर बाहिरबाट ताल्चा लगाएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.