धनुषा, कात्तिक २९ः शनिबार बिहान जनकपुरमा एक युवतीमाथि एसिड प्रहार भएको छ। प्रहार हुनेमा जनकपुरधाम–७ जानकी नगरकी २६ वर्षीया आरती साह रहेकी छन् ।
उनीमाथि एक युवकले एसिड प्रहार गरेका हुन्। आरतीको अहिले जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ। एसिड प्रहारपछि उनको मुहार र छातीको भाग जलेको प्रहरीले जनाएको छ।
जनकपुरको देवपुरा रुपैठा ससुरा भएकी आरती माइती घरमै बसेको बेला एसिड प्रहार भएको स्थानीयले बताएको छ।
एसिड प्रहार गर्ने युवक पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।