पानी ट्याकिंबाट लड्दा एक किशोरीको मृत्यु

रिपोर्ट नेपाल | 2020 Nov 14 | 08:30 am 2384

सर्लाही, कात्तिक २९ः पानी ट्यांकिबाट लड्दा एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा लालबन्दी नगरपालिका ११ हिरापुरका चन्द्रमान स्याङतानकी छोरी २० वर्षीया सुमित्रा कुमारी स्याङतान रहेका छन ।

पानी ट्याङकीबाट लडी गम्भीर घाईत भएकी सुमित्रालाई उपचारको लागि मोडल अस्पतालमा लालबन्दीमा लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको बताइएको छ ।

घटनापछि उक्त स्थानमा ईलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक निर्मल थापाको कमाण्डमा ७ जनाको मुचुल्का सहितको टोलि खटि गई मुचुल्का कार्य सम्मपन्न गरी लाश पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा सर्लाही तर्फ पठाएको प्रहरीले जनाएको छ ।

त्यसैगरी करेन्ट लागेर एक जनाको भैसीको मृत्यु भएको छ । सर्लाही ब्रहम्पुरी गाउँपालिका ७ मोहनगंजका राम सोगारथ साहको भैसीको मृत्यु भएको हो ।

शुक्रबार अपरान्ह आफ्नै घर अगाडी आंगनमा अचानक बिजुलीको तार चुडिन गई भैसीमाथि खस्दा करेन्ट लागि भैसी घटना स्थलमै मृत्यु भएको प्रबक्ता तथा सुचना अधिकृत प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.