एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

रिपोर्ट नेपाल | 2020 Nov 13 | 08:03 am 2721

कालिकाट, कात्तिक २८ः बिरामी पुर्याएर फर्केका एम्बुलेन्स दुर्घटना हुँदा एम्बुलेन्स चालकको घटना स्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा दैलेख चामुन्डा बिन्दासैनीका खकेन्द्र बहादुर शाही रहेका छन् ।

स्थानीय गाउँमा बिरामी पुगाएर कालिकोट सदरमुकाम फकिँदै गर्दा खाँडाचक्र नगरपालिका ८ सेरावाडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी चन्द्र बहादुर शाहले बताए ।

पृथ्वी रक्तदान बिर फाउन्डेसले संचालनमा ल्याएको कर्णाली प्रदेश ०२००१ च १९२ नम्बरको एम्बुलेस सडकदेखि अन्दाजी ३० मिटर तल खसेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.