कंलकीमा राेकिराखेकाे ट्रकलाई अर्काे ट्रकले ठक्कर दिँदा ३ जनाकाे मृत्यु

रिपोर्ट नेपाल | 2020 Nov 12 | 07:29 am 1540

काठमाडाैं, कात्तिक २७ः कंलकीकाे मकालु पेट्राेल पम्पमा कुखुरा बाेक्ने ट्रकले राेकिराखेकाे ट्रकलाई ठक्कर दिँदा  ३ जनाकाे मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा नुवाकोटकाे सुन्दरदेवी गा.पा. घर भएका २४ वर्षीय रोशन तामाङ, नुवाकोट तारकेश्वर गा.पा. घर भएका ३७ वर्षका माधव घिमिरे, नुवाकोटकै तारकेश्वर गा.पा. का भुवेन्द्र तामाङ रहेका छन् ।

कलंकीस्थित सडकखण्डमा मकालु पेट्रोल पम्पअगाडि पार्किङ गरी राखिरहेको बा ३ ख ७५३० नं को ट्रकलाई बल्खुबाट सितापाईलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नं को कुखुरा बोक्ने ट्रकले ठक्कर दिदा साेही कुखुरा बाेक्ने गाडीमा सवार तीन जनाकाे मृत्यु भएकाे हाे ।

महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख डिएसपी अपिलराज बाेहाेराले घाईते ४ जनामध्ये ३ जनाको मृत्यु भएको र १ जनाकाे अवस्था सामान्य रहेको बताए ।

कुखुरा बाेक्ने ट्रकमा सवार ४ जनालाइ नजिकै रहेकाे कलंकीस्थित सहिद अस्पतालमा लगिएकाे थियाे । उपचारकाे क्रममा ३ जनाकाे मृत्यु भएको डिएसपी बाेहाेराकाे भनाइ छ ।

घाईते नुवाकोट तारकेश्वर घर भएका वर्ष २२ का विजय तामाङ रहेकाे र उनकाे उपचार भईरहेकाे प्रहरीले जनाएको छ । दुवै सवारी साधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेकाे कालिमाटी बृत्तले जानकारी दिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.