अवैध लागूऔषध अफिम सहित दुईजना पक्राउ

| 2020 Nov 10 | 08:13 am 3148

राेतहट, कात्तिक २५ः इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले अवैध लागूऔषध अफिम सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्ला निजगढ नगरपालिका वडा नम्बर ७ भवराटोल बस्ने २३ वर्षीय सोम बहादुर लामा तथा सर्लाही जिल्ला बागमती नगरपालिका १२ बागमती बस्ने ३० वर्षीय दिल बहादुर थिङ्ग रहेका छन् ।

विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर प्रमुख प्रहरी नायव उपरिक्षक हेम बहादुर शाहीको कमाण्डमा लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज समेतबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई जिल्लाको चन्द्रपुर ४ स्थित पूर्व पश्चिम लोकमार्ग अन्तर्गत पर्ने धनसर देखि जंगलसहिया जानेबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट १ किलो ८ सय ग्राम अफिम फेला परेको प्रहरी नायव उपरिक्षक शाहीले जानकारी दिए ।

सर्लाही जिल्लाको बागमतीबाट पश्चिमतर्फ गइरहेको ना १६ प ७८२५ नम्बरको डिस्कभर मोटरसाईकल रोकी चेकजाँच गर्दा सो मोटर साईकलमा पछाडी सवार रहेका थिङ्गले मोटर साईकलको बिच भागमा पोलिथिन झोलामा अफिम लुकाइ राखेको अवस्थामा फेला परेको शाहीले बताए ।

पक्राउ परेका दुबैजनालाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.