पुस्तकमा लगाउँदै आएको कर हटाउने निर्णय

रिपोर्ट नेपाल | 2020 Nov 10 | 07:33 am 1571

काठमाडाैं, कात्तिक २५ः सरकारले पुस्तकमा लगाउँदै आएको कर हटाउने निर्णय गरेको छ ।

पूर्वअर्थमन्त्री युवराज खतिवडाले पुस्तक आयातमा १० प्रतिशत भन्सार महसुल लगाउने निर्णय लिएका थिए । तर अर्थमन्त्रीमा बिष्णु प्रसाद खतिवडा आएसँगै उनले पुस्तकमा लगाइँदै आएको कर हटाउन प्रस्ताव सोमबारको मन्त्रिपरिषद् बैठकमा पेश गरेका छन् ।

उक्त प्रस्ताव बैठकले पारित गरेपछि अब पुस्तकमा कर नलाग्ने भएको एक मन्त्रीले जानकारी दिए ।

यसैगरी कोरोनाभाइरसविरुद्धको खोप आयातका लागि प्रक्रिया थाल्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । त्यसका लागि अर्थ, स्वास्थ्य र परराष्ट्र सचिव सम्मिलित एक समिति गठन गरिएको ती मन्त्रीको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.