सिरहामा मगही भाषाको सम्बाद कार्यक्रम सम्पन्न

रिपोर्ट नेपाल | 2020 Nov 09 | 12:53 pm 3122

महेश सिंह सिरहा, कात्तिक २४ः सिरहाको गोलबजारमा मगही भाषाको सम्बाद कार्यक्रम सम्पन्न भएको छ। मधेसमा बस्ने ब्यक्तिहरुले बोल्ने भाषा भनेको मगही भाषा नै हो सिन्धु सभ्यताको ईतिहासमा उल्लेख छ । कार्यक्रम समाजसेवी मनोज सिंहको अध्यक्षतामा सुरु भएको थियो ।

No description available.

कार्यक्रमको प्रमुख अतिथि मगही भाषाको प्रदेश नम्बर २ को संयोजक नथुनी कुशवहाले भने मधेसमा मगही भाषाको जगजाहेर गर्ने काम सप्तरी जिल्लाको मनाई महतो र भरत महतो नाम गरेको ब्यक्तिले हामीले बोल्ने भाषा भनेको मगही भाषा हो उनले खोजीनिति गरेका थिए उनले बताए।

प्रमुख अतिथिका अनुसार सबै मिले आफ्नो घरलाई बच्चाउन जरुरी रहेको बताए । मगही भाषाको स्थान दिएन भने आउने दिनमा यो भाषा भाषिहरु सडक आन्दोलनमा आउने बताए ।

भाषाको अधारमा आरक्षण दिनु पर्छ । हाम्रो समाज शोषणको पिडामा जिई रहेको दुःख व्यक्त गरे।

आउदो २०७८ सालमा हुने जनगणनामा हामी सबैले मगही भाषालाई अङ्कित गरेर अगाडि बढ्ने र हामी नै समाजको धरोहर भएको बताए ।

विशेष अतिथि मगही भाषा अभियनता फुगेन मगहीका अनुसार पिछडा वर्ग दलित, जनजाति, मुलबासीहरुलाई भाषा बुझ्न् धेरै टाढा जानुपर्दैन । आफ्नै पूर्वज यो भाषाको ग्याता हुन्।

अर्को भाषा अभियानता नन्दन ठाकुरका अनुसार मगही भाषा मैथिली भाषाको नाउँमा चोरी भएको बताए । मगही भाषाको अभियान नरोकिने बताए ।

No description available.

कार्यक्रमको अतिथिहरुमा नेपाल पोस्ट दैनिकका पत्रकार महेश सिंह, नेपाल पिछा वर्ग महा संघका जिल्ला कार्यसमितिको जिल्ला अध्यक्ष सत्यनारायण यादवले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए ।

अतिथिहरु जनता समाजवादी पार्टी नेपालको युवा नेता देबेन्द्र महतो, वडा सदस्य रामनारायण महतो, प्रदीप कुमार महतो, पुजा साह, बिन्देश्वर महतो, जनमत पार्टीका युवा नेता अशेश्वर कामती, समाजसवी दुर्गेश महतो । धर्मबीर पासमानका अनुसार किताब पर्चा प्रसार गर्न आग्रह गरेका थिए।

यो भाषा परिपक्वताको भाषा होकी होइन भने विषयमा पत्र पत्रीकामा स्थान दिनु पर्छ उनले बताए ।

स्वागत मन्तब्य र कार्यक्रमको उद्योग नेपाल कुशवाहा संगठनको मिर्चैया अध्यक्ष धनिराम महतो।धर्मबीर पासमान सिंन्धु सभ्यताको इतिहासमाबाट आएको उनले बताए।

भारतमा १ सय ६० जातजातिको समुदायको बसोबास छ र नेपालमा १ सय ६ जातजातीको समुदाय बसोबास गर्ने गरेको बताए ।

हामी जुन संस्कृतिमा जिउँदै छौँ त्यसलाई खोजी निति गर्न जरुरी रहेको बताए । मुलि, महासेट र जोसिको भारतको भिमराज अम्बेदकरको कुरा गरेका थिए।

बाल गंगाधर तिलक ब्राह्मण जातिको कुराको चर्चा गरेको र बलब भाई पटेलको कुरामा जोड दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.