रेड पाण्डाको छालासहित ६ जना पक्राउ

| 2020 Nov 08 | 01:14 pm 2164

काठमाडौं, कात्तिक २३ः दुर्लभ बन्यजन्तु रेड पाण्डाको छालासहित ६ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका २ का ४३ वर्षीय सुनिल गोले, बलेफी गाउँपालिका ४ घर भई हाल भक्तपुर ठिमी बस्ने २४ वर्षीय प्रकाश तामाङ, भोजपुर ट्याम्के मैयुङ गाउँपालिका २ घर भई हाल ललितपुर टिकाथी बस्ने ४१ वर्षीय सनकुमार राई, खोटाङ दिक्तेल नगरपालिका घर भई हाल ललितपुर टिकाथली बस्ने सोनाम राई, ताप्लेजुङ फक्तङलुङ गाउँपालिका ४ घर भई हाल इमाडोल बस्ने ३५ वर्षीय दिपक लिम्बु र सिन्धुली तीनपाटा गाउँपालिका ३ घर भई हाल ललितपुर इमाडोल बस्ने २४ वर्षीय अम्बरबहादुर तामाङ रहेका छन् ।

विशेष सूचनाको आधारमा गत कात्तिक २१ गते ललितपुर महालक्ष्मी नगरपालिका इमाडोल स्थीत दिपक लिम्बुको कोठाबाट अन्दाजी ३ फिट ३ इनच लम्बाई र १ फिट चौडाई भएको प्रतिबन्धित रेड पाण्डाको छालासहित उनीहरुलाई महाशाखाले पक्राउ गरेको जनाइएको छ ।

पक्राउ परेका सबैजालाई आवश्यक कारबाहीका लागि आजै जिल्ला वन कार्यालय ललितपुर पठाइएको महाशाखाका प्रवक्ता एवम् प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताइका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.