विरगञ्ज, असार २४ : विरगञ्ज प्रहरीले नगद एक करोडसहित दुर्इ जना हुण्डी कारोबारीलार्इ पक्राउ गरेको छ।
उनीहरुलार्इ अवैध हुण्डी कारोबार गरिरहेको अवस्थामा आइतबार बिहान पक्राउ गरेको विरगञ्ज प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा राहुल केशरी र रोशन केशरी रहेका छन्। उनीहरुको साथबाट हुण्डी कारोबारका कागजात, ल्यापटपसमेत बरामद गरिएको छ।
सोही कागजातका आधारमा थप अनुसन्धा गरिने प्रहरीले जनाएको छ। राहुल केशरी लामोसमयदेखि हुण्डी कारोबारमा संलग्न भएको प्रहरीको दाबी छ।