खाल्टोको पानीमा डुबेर एक बालकको मृत्यु

रिपोर्ट नेपाल | 2020 Nov 07 | 02:10 pm 2512

सर्लाही, कात्तिक २२ः जिल्लाको ईश्वरपुर नगरपालिका ५ खुपलालटोल स्थित महेन्द्र बिष्टको घर अगाडि फोहर
पानी जम्मा गर्ने खल्डोमा सोही ठाउँका बिक्रम महत्तोको २ वर्षीय छोरा रामप्रबेश महत्तो डुबेर मृत्यु भएको छ ।

उक्त खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक बिरेन्द्र राज गुरुङको कमाण्डमा ७ जना मुचुल्का सहितको टोली खटि गई हेर्दा निजको मृतक लास आफन्तले खाल्टोबाट झिकी घरमा ल्याई राखेको पाइएको र घट्ना स्थाल मुचुल्का लगायत अन्य अनुसन्धान कार्य भईरहेको बताइएको छ।

कुटपिट 

सर्लाही ईश्वरपुर नगरपालिका १२ घारीबथानका ७५ वर्षीय टेक बहादुर अछामी आफ्नै घरमा सुति रहेको अवस्थामा निजकै छोरा ४० वर्षीय कुमार अछामीले मादक पदार्थ सेवन गरी बुवाको टाउकोमा हम्बर, गलले प्रहार गर्दा गम्भिर घाईते भएका छन् ।

उनलाई उपचारको लागि धनुषा जिल्लाको मोडेल अस्पताल लालगढ तर्फ पठाएको बताइएको छ ।

उक्त स्थानमा प्रहरी चौकी फुलजोरबाट प्रहरी सहायक निरीक्षक खिलचन्द्र कार्कीको कमाण्डमा टोली, तालुक ईलाका प्रहरी कार्यालय केशरगंजबाट प्रहरी सहायक निरीक्षक परमान्नद कुशवाहाको कमाण्डमा ७ जनाको टोली खटी गई कुटपिट गर्ने कुमार अछामी ईलाका प्र री कार्यालय केशरगंजको नियन्त्रणमा रहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.