श्रद्धाञ्जली सभालाई शान्ति सभाको रूपमा मनाउनु पर्छः मन्त्री साह

रिपोर्ट नेपाल | 2020 Nov 06 | 12:07 pm 2444

  • महेश सिंह

सिरहा, कात्तिक २१ः सप्तऋषि अस्पतालका संचालक स्वर्गीय डा पशुपति चौधरीको १३औं दिनको पुन्य तिथिमा बिहिवार श्रद्धान्जली सभा सम्पन्न भएको छ।

स्वर्गीय डाक्टर चौघरीको निवासमा कार्यक्रम सम्पन्न भएको हो। चौधरीको श्रद्धान्जली दिन केन्द्रीय मंन्त्री र प्रदेश मंन्त्रीहरुको उपस्थिति रहेको थियो । डा चौधरीको गत कात्तिक ९ गते ६७ बर्षको उमेरमा लहानमा रहेको आफ्नै निवासमा स्वर्गरोहन भएको थियो।

श्रद्धाञ्जली सभामा भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल, भूमि व्यवस्था कृषि तथा सहकारी मंन्त्री सैलेन्द्र प्रसाद साह, आर्थिक मामिला तथा योजना मंन्त्री विजय यादब, उद्योग पर्यटन वन तथा वातावरण राज्य मंन्त्री सुरेश कुमार मंण्डल लगायतका राजनीति कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

No description available.

श्रद्धाञ्जली सभालाई शान्ति सभाको रूपमा मनाउन मन्त्री सैलेन्द्र साहले बताएका थिए।अर्को मंन्त्री जितेन्द्र सोनल भन्छन स्वास्थ कर्मिमा देशको एउटा ठुलो शक्ति र अभिभावक गुमाएको हामी सबैलाई महसुस भएको बताए।

राज्य मंन्त्री सुरेश मंण्डलका अनुसार स्वर्गीय डा चौधरीले भौतिक शरीर मात्र छोडेर गयो उनले गरेको कृतिमान बर्षौं बर्षसम्म जिवित रहिरहने उनले बताए। कार्यक्रममा सहभागी मंन्त्रीहरुले स्वर्गीय डा चौधरीको तस्बिरमा फुल माला र अबिर अर्पण गरी श्रद्धाञ्जली सभा मनाएका थिए।

चौधरीको अन्तिम अन्त्यष्टि लहानको बलान खोलामा हिन्दु परम्परा अनुसार गरिएको थियो । स्वर्गीय डा चौधरी बिगत ११ महिना देखि पित थैलिको क्यान्सरबाट पीडित थिए।

चौधरीको जन्म सप्तरी जिल्लाको पथरगाडा गाबिस वडा नम्बर १ मा जन्म भएका थिए। चौधरीका एक छोरा र एक छोरी छन् । चौधरीको पार्थिव शरीरमा जनता समाजवादी पार्टीको झणडा ओढाएर अन्तिम दाह संस्कार गरिएको थियो।

अन्तिम संस्कारमा दुई मंन्त्रीको सहभागी रहेको थियो। पछील्लो समय चौधरीले मधेस आन्दोलनको बेला राजनीतिमा सक्रिय रहेका थिए। चौधरीले गरेको काम सिरहामा नमुनाको रूपमा रहेको डाक्टर सुभाष साहले बताए ।

बुबाको सोकमा डुबेका डा सुभाष साहले श्रद्धाञ्जली सभासंगै दिवा भोजको समेत ब्यवस्था गरेका थिए ।

कार्यक्रममा युवा नेता राम चलितर महतो, लहान नगरपालिका ३ का अध्यक्ष राम दयाँल महतो, दिनेश महतो, पार्टीका केन्द्रीय सदस्य राकेश झा, केन्द्रीय सदस्य बिजय सिंह दनुवार, शत्रु धन मंडल, ललित नारायण महतो, ओपेन्द्र सिंह, हरिनारायण मंण्डल, मोहमद आलम अन्सारी, राम उदगार महतो, युवा नेता दिपेश यादव, सन्तोष यादव, चन्द्र शेखर यादव, राजा राम महतो, फनिलाल महतो, एमाले नेता रामनारायण महतो, काङ्ग्रेस नेता तथा समाजसेवी महेश चौधरी, लहान अस्पतालका भूपु अध्यक्ष फुलेश्वर महतो, श्रेया पोलिकिल्निक तथा उतिमलाल मेमोरियल होस्पिटलकी संचालिका डा सुशीला सिंह, लहान अस्पतालका भूपु मेसु डा मिश्रिलाल साहु, लिला मदन प्रसुति गृहका संचालक डा दिलिप कुमार साह, डा रितेश गिरी, डा दिपेन्द्र यादव, डा बिरेन्द्र यादव लगायत स्वास्थकर्मिहरुको दिवा भोजमा सहभगिता रहेको थियो ।

ईलाका प्रहरी कार्यालय लहानका डिएसपी शरत बहादुर क्षेत्री थापा लगायतका सुरक्षा कर्मिहरु समेत सभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.