काठमाडौं, कात्तिक २०ः बिहीबार काठमाडौं महानगरपालिका-७ गौरीघाट क्षेत्रबाट अवैध लागूऔषध चरेश १.८ किलाेसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ओखलढुङ्गा पात्ले गाउँपालिका-९ घर भई हाल काठमाडौं बौद्ध तीनचुली बस्ने ३२ वर्षीय नरेन लामा, धादिङ गजुरी गाउँपालिका-८ घर भई हाल काठमाडौं गुर्जुधारा बस्ने १७ वर्षीय किशोर, सोही ठाउँ बस्ने २८ वर्षीय सोनाम भन्ने सुमन तामाङ र पर्सा ठोरी गाउँपालिका-५ घर भई हाल काठमाडौं बौद्ध तीनचुली बस्ने ३५ वर्षीय दिपक तामाङ रहेका छन् ।
उनीहरुलाई विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरी टाेलीले उक्त चरेश सहित पक्राउ गरेको सूचना अधिकारी (प्रवक्ता) प्रहरी उपरीक्षक इश्वर कार्कीद्वारा हस्ताक्षरीत विज्ञप्ती मार्फत जानकारी गराइएकाे छ ।