आफ्नै सहकर्मीको हत्या गरी फरार रहेका अभियुक्त २३ वर्षपछि पक्राउ

| 2020 Nov 04 | 02:21 pm 1927

काठमाडौं, कात्तिक १९ः आफ्नै सहकर्मीको हत्या गरी फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप खाडदेवी गाउँपालिका ५ घर भई हाल ललितपुर महानगरपालिका ५ थसीखेल महालक्ष्मीस्थान बस्ने (ध्रुव) भन्ने मानकाजी श्रेष्ठ रहेका छन् ।

उनले २०५४ कात्तिक १६ गते काठमाडौं महानगरपालिका ८ जयबागेश्वरी स्थित निर्माणेश्वर मन्दिर नजिक काभ्रे पनौती घर बताउने अन्दाजी १७/१८ वर्षीय श्याम खड्कालाई हत्या गरी फरार रहेका थिए ।

सम्मानित जिल्ला अदालत बबरमहल, काठमाडौंबाट २०७४ कात्तिक २८ गते वारेण्ट समेत जारी भएकोले अभियुक्तलाई व्यूरोबाट खटिएको टोलिले २०७७ कात्तिक १९ गते ललितपुर महानगरपालिका ५ थसीखेलबाट पक्राउ गरेको ब्यूरोले जानकारी दिएको हो ।

पक्राउ परेका श्रेष्ठलाई आवश्यक कारवाहीको लागि बुधबार सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्यूरोले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.