खाेटाङ, कात्तिक १९ः अवैध भरूवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा खोटेहाङ गाउँपालिका-८ का ४० वर्षीय भुपाल मोक्तान रहेका छन् ।
उनलाई १ थान भरुवा बन्दुक सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको हाे । सोही गाउँपालिका-६ डिगाउँ बस्ने मान बहादुर तामाङले भुपाललाई सापटी दिएको पैसा माग्न गएको अवस्थामा सामान्य विवाद हुँदा भुपालले भरुवा बन्दुक तेर्साएपछि मान बहादुरले बन्दुक खोसेर प्रहरी चौकी सिम्पानीमा लगि बुझाएपछि उक्त चौकीबाट खटिएको प्रहरीले भुपाललाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएकाे छ ।