झापा, कात्तिक १९ः जिल्लाको मेचीनगर नगरपालिका-७ बाट प्रहरीले ठूलो परिणाममा अवैध समान बरामद भएको छ ।
ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छलि गरी ल्याउँदै गरेको कुर्थी, कुर्थी सेट, तन्ना, ढाकाको थान प्रिन्ट कपडा, थान कपडा, टेम्पोको क्लोज तार, विभिन्न मोटर पार्टस गरी करिब ७ लाख २१ हजार ७ सय मुल्य बराबरको सामानहरु बरामद गरेको हो ।
अवैध रुपमा बरामद भएको समान आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको उक्त कार्यालयले जनाएको छ ।