प्रधानमन्त्रीद्वारा पूर्वसभामुख महराकी पत्निकाे निधन प्रति समवेदना प्रकट

रिपोर्ट नेपाल | 2020 Nov 04 | 01:10 pm 2007

काठमाडौं, कात्तिक १९ः प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीताको निधन प्रति समवेदना प्रकट गरेका छन् ।

बुधबार बिहान नर्भिक अस्पतालमा भएको निधनबाट आफूलाई अत्यन्त दुःख लागेको उनले बताएका छन् ।

प्रधानमन्त्रीले बिहान ट्वीट गर्दै प्रधानमन्त्रीले दिवङ्गत सीताप्रति श्रद्धाञ्जलि अर्पणका साथ प्रतिनिधिसभाका सदस्य महरासहित शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.