काठमाडौं, कात्तिक १७ः २०७७ असार ६ गतेको नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय अनुसार रथी दर्जामा पदोन्नति भएका उपरथी ईश्वर हमाललाई प्रधानसेनापति पूर्णचन्द्र थापाले सोमबार जंगी अड्डामा आयोजित कार्यक्रमकाबीच रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

रथी ईश्वर हमाल हाल सयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ कार्यको लागि सिरियामा तैनाथ युएनडिओएफ मिशनमा फोर्स कमाण्डरको जिम्मेवारी सम्हाली रहेका छन् ।