टिपरकाे ठक्करबाट बालकको मृत्यु

| 2020 Nov 02 | 02:40 pm 2081

रुपन्देही, कात्तिक १७ः सोमबार बिहान भैरहवा–लुम्बिनी सडक खण्डअन्तर्गत मतकलवामा टिपरले ठक्कर दिँदा एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मायादेवी गाउँपालिका–८, मतकलवाका सुग्रिव हरिजनका ९ वर्षीय छोरा रघुवीर हरिजन रहेका छन् ।

बेथरीबाट भैरहवातर्फ आउँदै गरेको लु १ क ११७४ नम्बरको टिपरले  ठक्कर दिँदा बालकको मृत्यु भएको हो ।

द्रूत गतिमा आइरहेको पिटरले सडकछेउमा खेलिरहेका बालकलाई  ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । बालकलाई ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्यत्रणमा लिएर आवश्यक कारबाही अघि बढाएको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.