ताइवान, कात्तिक १७ः विश्व समुदाय कोरोना भाइरस महामारी रोकथामका लागि संघर्ष गरिरहेका बेला ताइवानमा भने २ सय दिनयता स्थानीयस्तरमा एक जनालाई पनि संक्रमण भएको छैन।
महामारी नियन्त्रणमा ताइवान विश्वमै प्रभावशाली देश मानिन्छ। दुई करोड ३० लाख जनसंख्या रहेको यो द्विप राष्ट्रमा पहिलोपटक गत अप्रिल १२ तारिखमा कोरोना संक्रमण देखिएको थियो। जुन दिन इसाई धर्मावलम्बीको चाड ‘इस्टर सन्डे’ परेको थियो। गत बिहीबारसम्मको तथ्यांकअनुसार ताइवानमा कोरोनाबाट संक्रमित जम्मा ५ सय ५३ जना छन्। तीमध्ये पनि ५५ जना मात्र समुदायस्तरका संक्रमित हुन्। कोरोनाका कारण हालसम्म ७ जनाको मृत्यु भएको छ।
‘इस्टर सन्डे’ अमेरिकी नागरिकले पनि महत्वसाथ मनाउँछन्। यो पर्व आउनु एक महिनाअघि नै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पर्वका बेलासम्म देश खुला रहने र उत्साहसाथ पर्व मनाउन पाइने बताएका थिए। त्यतिबेला नोबल कोरोना भाइरसबाट विश्वभर १७ लाख मानिस मात्र संक्रमित भएका थिए भने १ लाख १० हजार जनाको मृत्यु भएको थियो। अमेरिकास्थित जोन हप्किन्स विश्वविद्यालयका अनुसार गत शुक्रबारसम्म विश्वमा संक्रमितको संख्या ४ करोड ५० लाख नाघिसकेको छ भने तीमध्ये ११ लाख जनाको मृत्यु भइसकेको छ। नागरिक दैनिकबाट