आगलागीबाट विभिन्न सामाग्री जलेर नष्ट

रिपोर्ट नेपाल | 2020 Nov 02 | 09:10 am 1756

सर्लाही, कात्तिक १७ः आइतबार दिउँस विद्युत सर्ट भई आगलागी हुँदा सर्लाहीको बरहथवा नगरपालिका १६ बैरिया टोलका हरीचन्द्र पंडितको फुसको एक कोठे भान्छा घर जलेर नष्ट भएको छ ।

आगलागीबाट घरमा रहेको लत्ता कपडा, अन्न पात र भान्छा घर पूर्ण रुपमा जलि नष्ट भएको प्रहरीले जानकारी दिएको हो । आगोमा जलेर ५० हजार बराबरको क्षेति भएको बताइएको छ ।

उक्त घटनाको खबर प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक रामाधार साहको कमाण्डमा ३ जनाको टोलि खटिगएको जनाइएको छ ।

त्यसैगरी सालको गोलिया काठ प्रहरीले नियन्त्रंणमा लिएको छ । सोमबार बिहान करिब साढे २ बजेको समयमा सर्लाहीको
ईश्वरपुर नगरपालिका ४ गुन्द्री टोलबाट प्रहरी सहायक निरीक्षक बुद्ध बोहराको कमाण्डमा खटिएको २ जनाको गस्ती टोलीले बरामद गरेको हो ।

सागरनाथ वनबाट गुन्द्रीटोल तर्फ मोटर साइकलमा राखेर ल्याउदै गरेको अवस्थामा सालको थान २ गोलिया काठ तस्करले प्रहरीलाई देख्नासाथ छाडी मोटरसाइकलकमा भागेका थिए ।

उक्त काठ प्रहरीले नियन्त्रणमा लिई सागरनाथ वन कार्यालयलाई बुझाएको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रतिबन्धित अवैध लागूऔषध पनि प्रहरीले बरामद गरेको छ । आइतबार सर्लाहीको हरिपुर नगरपालिका १ जानकीनगरबाट प्रहरी सहायक निरीक्षक मुनेश्वर प्रसाद यादवको कमाण्डमा खटिगएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा बरामद गरेको हो ।

मलंगवाबाट हरिवन तर्फ जाँदै गरेको बा ८२ प ९०६६ नं.को मोटरसा। चेकजाँच गर्दा नाइलुनको झोलामा ऋजयिचउजभलष्चबmष्लभ ःबभिबतभ बलम ऋयमष्लभ एजयकउजबतभ
क्थचगउ ९ध्ष्लअष्चभह० लेखेको १०० m िको पिस(२६ फेला पारी उक्त मोटरसाइकल सहित मोटरसाइकलमा सवार व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिनमा चालक सर्लाही हरिवन नगरपालिका ११ का ४० वर्षीय सुशिल श्रेष्ठ र २१ वर्षीय जय बहादुर विश्वकर्मा रहेका छन् ।
उनीहरुमाथि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी करेन्ट लागेर एक जना घाईते भएका छन्। घाइते हुनेमा बागमती नगरपालिका १ मिलनचोकका ५२ वर्षीय हरिप्रसाद पौडेल रहेका छन् ।

सोमबार २ः४५ बजेको समयमा बाँस काट्ने क्रममा बिजुलीको मेल लाईनमा बासँको टुप्पोले छोई करेन्ट लागी घाईते भएका थिए ।

उनको स्वाभिमान अस्पताल हरिबनमा उपचार भईरहेको बताइएको छ । उक्त घटनापछि प्रहरी नायब निरीक्षक मोहनमणि कटुवालको कमाण्डमा ३ जनाको टोली खटी गएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.