धनकुटा, कात्तिक १६ः एलिना थापाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रहेका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा छथरजोरपाटी गाउँपालिका ६ का ३६ वर्षीय महेन्द्र थापा रहका छन् ।
उनलाई बहुविवाह मुद्दामा २०७४ कात्तिक १५ गते १ वर्ष कैद र ५ हजार जरिवाना हुने भनी जिल्ला अदालत धनकुटाबाट फैसला भएको थियो ।
फैसला पश्चात् फरार रहेका थापालाई २०७७ कात्तिक १६ गते धनकुटा छथरजोरपाटी गाउँपालिका ६ मा फेला पारी नियन्त्रणमा लिई आइतबारै सम्मानित धनकुटा जिल्ला अदालत धनकुटामा बुझाईएको धनकुटा प्रहरीले जनाएको छ ।