राधिकाको ‘विजय’ र राधा–लेख सार्वजनिक

रिपोर्ट नेपाल | 2018 Jul 08 | 07:34 am 4209

काठमाडौँ, असार २४: कवयित्री राधिका पन्त देवकोटाको ‘विजय’ (शोककाव्य) र ‘राधा–लेख’ लेख संग्रह सार्वजनिक भएको छ ।

शनिबार पुष्पराग साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा कवि डा रामप्रसाद ज्ञवालीले ती दुवै कृति सार्वजनिक गरेका हुन् । डा ज्ञवालीले दुवै कृतिमा कवयित्रीबाट मर्मस्पर्शी भावना अभिव्यक्त भएको बताए । दुवै कृति लेखिकाले आफ्नो वास्तविक जीवनकथालाई आधार बनाइ लेखेकि छन्।

“काव्य लेखेपछि मन निकै हलुंगो अनुभव भएको छ”, लेखिका देवकोटाले बताइन् । ‘विजय’ नामक शोककाव्य लेखिकाले आफ्नो भाइ विजयको सगरमाथा आरोहणका क्रममा मृत्यु भएपश्चात् उसलाई गुमाउनुपर्दाको पीडालाई काव्यका रुपमा उतारेकी छन्।

“भाइ पहिले मन मुटुमा बसेको थियो, अहिले किताबभित्र सञ्चित गरेर राखेकी छु”, देवकोटाले थपिन्।

अर्को कृति ‘राधा–लेख’ मा उनले कथात्मक र संस्मरणात्मक शैलीमा आफ्ना अनुभवलाई व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा गजलकार रामबहादुर पहाडी, उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली, समालोचक गीता त्रिपाठी तथा विदुला घिमिरे लगायत साहित्यिक तथा बौद्धिक क्षेत्रका व्यक्तित्वहरुको सहभागिता थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.