नवलपुर, कात्तिक १६ः गैँडाको आक्रमबाट नवलपरासीपूर्व नवलपुरमा आइतबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको देवचुलीनगरपालिका–१७, कुलेनीका निवासी ६५ वर्षीय जङ्गीलाल मुखिया रहेका छन् ।
बिहान खेतमा तोरी छर्न जाने क्रममा उनलाई गैँडाले आक्रमण गरेको वडाध्यक्ष विष्णुप्रसाद आचार्यले जानकारी दिए । बिहानै गैँडाले आक्रमण गरेर गम्भीर घाइते भएका मुखियाको एक घण्टापछि मात्र स्थानीयवासीले देखेर उद्धार गरेको वडाध्यक्ष आचार्यले जानकारी दिए ।
उद्धार गरी उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमा नै ज्यान गएको वडाध्यक्ष आचार्यले बताए ।