बाघको आक्रमणमा परी बर्दियामा एक जनाकाे मृत्यु

रिपोर्ट नेपाल | 2020 Nov 01 | 08:01 am 2237

बर्दिया, कात्तिक १६ः जिल्लाकाे गेरुवा गाउँपालिका ४ मा बाघको आक्रमणमा परी शनिबार साँझ एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गेरुवा–४ राजीपुर गाउँका चौकीदार ६८ वर्षीय लहानु थारु रहेका छन् । उनी गाउँदेखि पूर्वतर्फ गेरुवा नदी किनारमा रहेको आवादी जग्गामा चरिचरणका लागि छाडिएका गोरु फर्काउने क्रममा बाघ आक्रमणमा परी मृत्यु भएको हो ।

उक्त गाउँ बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएका कारण बाघ बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए ।

दुई महिनाकाे अवधिमा बाघको आक्रमणमा परी बर्दियामा ६ जनाको मृत्यु भइसकेको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.