अवैध लागूऔषध अफिम र गाँजा सहित १ जना पक्राउ

| 2020 Oct 30 | 05:29 pm 3285

बारा, कात्तिक १४ः शुक्रबार प्रहरीले अवैध लागूऔषध अफिम र गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पचरौता नगरपालिका ३ रामनगरका २० वर्षीय बिनोद यादब रहेका छन् ।

उनलाई प्रहरी चौकी बेल्दारीबाट खटीएको गस्ती टोलीले पचरौता नगरपालिका ४ बेल्दारी टोलबाट भारततर्फ साइकल चलाई जाँदै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो ।

शंकास्पद लागेपछि प्रहरीले उनलाई चेक जाँच गर्दा शरिरमा लुकाई छिपाई राखेको अवैध लागूऔषध अफिम २ किलो र प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको अवैध लागूऔषध गाँजा २ किलो फेला पारी पक्राउ गरी थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.