कटुवा पेस्तोलसहित दुई जना पक्राउ

| 2020 Oct 30 | 02:10 pm 1746

सिरहा, कात्तिक १४ः कटुवा पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा डम्पल यादव र प्रेमनाथ यादव रहेका छन् ।

उनीहरूलाई कर्जन्हा नगरपालिका वडा नम्बर २ बन्दिपुर बजारस्थित इलाका प्रहरी कार्यालय बन्दिपुर सिरहाबाट खटिएको प्रहरी टोलीले स.७ प.२५५३ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा डिम्पल यादवको साथबाट कटुवा पेस्तोल १ थान, गोली १ थान र नाईट्रोभेट ट्याब्लेट ६ पिस बरामद गरेको प्रहरीले जानकारी दिएकाे हाे ।

उक्त घटनामा प्रेमनाथ यादव समेतको संलग्नता रहेको हो भनी उजुरी परेपछि उनलाई नियन्त्रणमा लिइएको हो । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाको डिएसपी शालिग्राम शर्माले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.