विप्लव समूहका पूर्वी कमाण्ड ब्यूरो कमिसारसहित दुई जना पक्राउ

| 2020 Oct 29 | 10:30 am 2706

माेरङ, कात्तिक १३ः सरकारद्वार प्रतिबन्धित नेत्रबिक्रम चन्द नेकपा (विप्लव) समूहका पूर्वी कमाण्ड मेची कोशी ब्यूरो चौथो कम्पनी कमिसार तथा सप्तरीका सेक्रेटरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा सप्तरी सुरुंगा नगरपालिका २ बस्ने ३२ वर्षीय प्रतिक भन्ने काशिनाथ घिमिरे र  इलाम चुलाचुली गाउँपालिका ६ बस्ने पार्टी सदस्य  १८ वर्षीय कमरेड सनम भन्ने विज्ञान राई रहेका छन् ।

उनीहरूले विभिन्न हिंसात्मक गतिविधि गरेको आरोपमा मोरङका एसपी सन्तोष खड्काको टोलीले मोरङ मिक्लाजुङ गाउँपालिका  १ घुर्मिसेबाट बुधबार साँझ बन्दोबस्तीका सामानहरु सहित पक्राउ गरेको हो।

उनीहरु  स्थानीय बिजुलीप्रसाद तिम्सिनाको खाली घरमा बस्दै आएका मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । उनीहरुले सेल्टर लिँदै आएको सूचना प्राप्त भएपछि प्रहरीले घेरा हालेर बस्दोबस्तीका विभिन्न सामानहरु सहित पक्राउ गरेको हो।

उनीको साथबाट १ थान भरुवा बन्दुक , विष्फोटक पर्दाथहरु  जिलेटिन, सुतली बम, सकेट बम, टुकी बम, डेटोनेटर, विभिन्न इलेक्ट्रिक तार,फयुज, पेचकस, १२ थान झोला सहित डायरी र दस्ताबेजहरु बरामद भएको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.