कञ्चनपुर, कात्तिक १३: बुधबार साँझ प्रहरीले महेन्द्रनगरस्थित बस पार्कबाट अवैध रुपमा भित्रिएका विस्फोटक पदार्थ (पटाका) बरामद गरेको छ। दार्चुलाका लागि छुट्नै लागेको सुप्रप ०२ ००१ ख ९४३ नम्बरको बसमा लोड गरिएको अवस्थमा र दुई बोरी पटाका महेन्द्रनगर बजारको गल्ली नं ५ को चौलानी पुस्तक पसलबाट बरामद गरेको प्रहरीले जानकारी दिएकाे हो।
बरामद पटाका पुस्तक पसल सञ्चालक दिनेश खडायतको भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए।
पटाका बरामद भएका पुस्तक पसल सञ्चालक खडायत फरार भएका छन्। फरार खडायतको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ।