उदयपुर, कात्तिक १२ः जिल्लाको त्रियुगा नगरपालिका १० बोक्से पानीट्याङ्कीका एक झाँक्रीले माता बनाइदिने भन्दै याैन शाेषण गरेको आरोपमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ३९ वर्षीय अर्जुन भनिने चूडामणि श्रेष्ठ रहेका छन् । उनलाई पीडितले गरेको उजूरीका आधारमा पक्राउ गरी जबर्जस्ती करणीमा मुद्दा चलाउन लागिएको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए ।
उनले माता उतार्ने र झारफुक गर्ने नाममा महिलालाई पटक–पटक यौन तथा आर्थिक शोषण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे बताइएकाे छ ।
झाँक्रीलाई गुरुले मानिसलाई कपडा खोल्न लगाएर उपचार गर्न सिकाएकाले त्यसै गर्ने गरेको बयान दिएका छन् ।
अर्जुनसँग मतियारका रुपमा काम गर्ने ४५ वर्षीय एक महिलालाई पनि अनुसन्धानको दायरामा राखिएको बताइएकाे छ ।