गोली लागेर प्युठानमा एक वृद्धको मृत्यु

| 2020 Oct 27 | 08:06 am 2236

प्युठान, कात्तिक ११: बाँदर धपाउन हानेको गोली लागेर सोमबार प्युठानमा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा नौवहिनी गाउँपालिका ५, डामकोटका ७१ वर्षीय वृद्ध दलबहादुर सुनार रहेका छन् ।

सोही ठाउँका  ३४ वर्षीय हेमलाल सुनारले बारीमा आएका  बाँदर भगाउनका लागि हानेकाे बन्दुककाे गाेली लागि नातामा काका पर्ने दलबहादुरलाई लागेको प्रहरीले जनाएको छ ।

बन्दुक हान्ने हेमलाललाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक सुनील मल्लले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.