काठमाडाैं, कात्तिक ९ः नेकपा नेता एवं पूर्वमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’लाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
नेता शर्माले आफूलाई कोरोना संक्रमण भएको भन्दै पछिल्लाे समय सम्पर्कमा रहेकाहरूलाइ सावधानी अपनाउन भनेका छन् ।
सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले भनेका छन्, कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जानकारी गराउदछु। केही दिनयता मसँग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु।
