क्यान्सर पीडित परिवारलाई जय माँ जानकी समाज सेवा नेपालद्वारा आर्थिक सहयोग

| 2020 Oct 23 | 07:39 pm 2596

  • महेश सिंह

लहान, कात्तिक ७ः सबैला नगरपालिका १० खरियनी बस्ने राजेश कापरका छोरा ३ बर्षीय क्यान्सर पीडित रितेश कापरको उपचारका लागि जय माँ जानकी समाज सेवा नेपालले सहयोग गरेको छ ।

रोजगारीको सिलसिलामा वैदेशिक रोजगारमा रहेका युवाले बालकको उपचारको लागि ४१ हजार ५ सय रुपैयाँ संकलन गरेको हो । हाल साउदी, कतारमा रहेका स्थानीयबाट संकलन गरी पीडित परिवारलाई बुधबार हस्तान्तरण गरिएको जय माँ जानकी समाज सेवा नेपालका केन्द्रीय अध्यक्ष ललित कुमार कामतिले जानकारी दिए ।

उक्त सहयोग रकम रितेश कापर आमालाई हस्तान्तरण गरिएको कामतीले जनाए । परिवारका एकमात्र छोरा रितेश क्यानसर जस्तो घातक रोगबाट पीडित भई हाल काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचार गराइरहेका छन् ।

डाक्टरको भनाई अनुसार थप उपचार गर्नु पर्ने र उपचार्थ खर्च धेरै लाग्ने भएकोले घरको आर्थिक अवस्था कमजोर भै समस्या परेकाले रितेशको जीवन रक्षाको लागि सहयोग गरिएको जय माँ जानकी समाज सेवा नेपाल शाखा अध्यक्ष राम सागर मण्डलले बताए।

No description available.

रितेशको उपचारका लागि जनप्रतिनिधि राजनीतिक दल र समाजका सम्पूर्णले सहयाेग गर्नुपर्ने कार्यक्रममा प्रमुख अथितिको आसनबाट पत्रकार मुकेश यादवले बताए ।

कार्यक्रममा जय माँ जानकी समाज सेवा नेपाल शाखा सचिव रमेश महरा, सदस्य अनुरुध यादव,घुमन यादव, उनेश्वर राय, राम धनी राय, विजय कापर, मलेसियाका अध्यक्ष अजय कुमार यादव, दुबईका अध्यक्ष कामेश्वर यादव, साउदीका अध्यक्ष शिव चन्द्र कामती, भारतका अध्यक्ष राम उदगार यादव, केन्द्रीय उपाध्यक्ष राम नारायण मण्डल, कोषाध्यक्ष अजय दास, महासचिव ललित राय, अगाइत तथा स्थानीयहरुको उपस्थितिमा रकम हस्तान्तरण गरिए हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.