कोरोनाको मारमा होटल व्यवसायी

रिपोर्ट नेपाल | 2020 Oct 23 | 08:36 am 3383

दोलखा, कात्तिक ७ः लामो समयको लकडाउनपछि फाट्टफुट्ट पर्यटक पुग्न लागेको दोलखाको प्रसिद्ध धार्मिक एवं पर्यटकीय केन्द्र कालिञ्चोकमा शक्तिपीठहरु बन्द गर्ने सरकारको पछिल्लो निर्णयले फेरि शून्यता छाएको छ ।

गत २०७६ चैत ११ देखि कालिञ्चोक क्षेत्र सुनसान प्रायः भएपछि कुरी आसपासमा करोडौं लगानीमा बनेका सुविधा सम्पन्न होटलहरु आर्थिक सङ्कटमा परेका छन् । लकडाउन खुलेपछि दैनिक केही पर्यटकहरु कालिञ्चोक मन्दिर पुग्ने गरेका थिए । कालिञ्चोक मन्दिरको प्रवेशद्वार कुरीका सुविधा सम्पन्न होटलहरुमा थोरै चहलपहल शुरु भएको थियो ।

तर कात्तिक १ गतेदेखि विभिन्न धार्मिकथल मन्दिर र शक्तिपीठहरु बन्द गर्ने सरकारको निर्णयका कारण करोडौंको लगानीमा निर्माण भएका कुरीका सुविधा सम्पन्न होटहरु सङ्कटमा परेको होटल मिराकलका सञ्चालक मोहन लुइँटेल बताउछन् ।

आफूहरुले लकडाउनभन्दा केही समयअघि मात्र पाँच करोडभन्दा बढी लगानी गरेर होटल सञ्चालन गरेको तर लगतै लकडाउनका कारण समस्या भएको मिराकलका सञ्चालक लुइँटेलको गुनासो छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.