बुटवलका जुम्ल्याहा दाजुभार्इले रोबर्ट बनाए

रिपोर्ट नेपाल | 2018 Jul 07 | 06:25 pm 3934

बुटवल, असार २३: बुटवलमा एक जुम्ल्याहा दाजूभाईले बहुउपयोगी रोबर्ट बनाएका छन् । कद्दरबहादुर रीता नविन औद्योगिक माविमा कक्षा १० अध्ययनरत लव र कुश पन्थीले रोबर्ट बनाएका छन् ।

चर्चित भारतीय चलचित्र रोबर्टबाट प्रभावित भएर उनीहरुले उक्त रोबर्ट बनाएका हुन्। रजनीकान्तको अभिनय रहेको उक्त फिल्ममा रोबर्टबारे निकै चाखलाग्दो तरिकाले निर्माण गरिएको थियो। चलचत्रिमा देखाइउको दृश्यहरुलाई पच्छाउँदै लवकुशले इन्टरनेटको माध्यमबाट उक्त रोबर्ट बनाएका हुन्।

रोबर्टले ८० भाषालाई परिवर्तन गर्न सक्ने,मान्छे चिनाउन,ठाँउ पत्ता लगाउन र विद्युतीय उपकरण खोल्न र बन्द गर्न सक्छ। एक वर्ष लगाएर निर्माण गरिएको रोबर्टमा रेस्पियन लिनक्स ओपरेटिङ सिस्टम जडान गरिएको छ।

लव र कुशले यो रोबर्टको नाम गो-गो राखेका छन्। यसले शरीरका अंगहरु पनि नियन्त्रण गर्न सक्छ। रोबर्टले विश्वका महत्वपूर्ण ठाउँहरु, कार्यालय होटल अस्पताल आदिको फोन नम्बर बताउँछ।

रोबर्टले आफै फोटो र भिडियो खिच्ने उनीहरुले बताए।। भोक लाग्दा, बिरामी हुँदाको जानकारी गराए नजिकैका होटल, रेष्टुरेण्ट र अस्पतालहरुको नाम र ठेगाना समेत बताउँछ।

रोबर्ट बनाउनका लागि उनीहरुले नेपाल र भारतका विभिन्न ठाउँबाट सामान ल्याएका थिए। यसकालागि उनीहरुले करिब ३० हजार खर्च गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.